इतिहास बाेकेकाे घण्टाघर सहित त्रिचन्द्र क्याम्पसको पुनःर्निमाण अझै सुरु हुन सकेन

<p>काठमाडाैं । नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ७२ सालको भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो । क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्प पछि प्रयोगमा आउन [&hellip;]</p>

काठमाडाैं । नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ७२ सालको भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो ।


क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्प पछि प्रयोगमा आउन सकेका छैन्न । क्याम्पसको २ वटा पढाइ हुने कोठा, एउटा ल्याब र एउटा कार्यालयको भवन अन्य भवनमा पाटेसन् गरेर सञ्चालन गरिएको छ ।


पुर्ननिर्माणका लागि थ्रिडी स्क्यानको माध्यमबाट जापानको कुमोनोज कम्पनीले रिपोट दिएको थियो त्यो रिपोट क्याम्पसले पुरातत्व विभागमा पढाएको छ । थ्रिडी स्क्यानको माध्यमबाट भवनको अध्ययन गर्दा भित्रको भागमा पनि कति क्षति भएको छ भन्ने पनि थाहा हुन्छ । अब पुरातत्व विभागको निर्णय पछि नै कसरी बन्य र कहिले बन्य निस्कर्षमा पुग्ने प्रमुख न्यौपानेले बताए ।

पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको भवनको भूकम्पले कति क्षति गरेको छ भनेर केहि समय अघि अध्ययन गरेका थियौ । तर त्यस पछि यसको विषयमा हामीलाई कुनै जानकारी नआएको समेत घिमिरेले बताए ।

विसं १९७५ मा श्री ३ चन्द्र शमशेरले क्याम्पस स्थापना गर्दा आइएको पढाइ सुरू भएकाे क्याम्पसमा १९७६ देखि बेलायती शिक्षा प्रणालीमा आइएस्सीको सुरुवात भएको थियो । त्यसपछि विस १९८१ मा बिएको पढाइ र विसं २००४ मा बिएस्सीको सुरुवात भएको थियो ।

 

Share News