मेलम्चीले मात्र काठमाडौंको खानेपानी माग धान्दैन, दोस्रो योजना सुरु हुन्छ: मन्त्री मगर

<p>काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले मात्र काठमाडौंबासीको पानीको माग नधान्ने बताएकी छिन् । एसियाली विकास बैंक एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक हुन किमसँगको भेटवार्तामा मगरले मेलम्चीबाटै दोस्रो योजना सुरु गर्ने बताएकी हुन् । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको छ । छलफलमा [&hellip;]</p>

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले मात्र काठमाडौंबासीको पानीको माग नधान्ने बताएकी छिन् । एसियाली विकास बैंक एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक हुन किमसँगको भेटवार्तामा मगरले मेलम्चीबाटै दोस्रो योजना सुरु गर्ने बताएकी हुन् ।

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले रिङरोडभित्र खानेपानी वितरणको योजना बनाएको र काठमाडौंमा रिङरोग बाहिर समेत खानेपानी आपूर्तिका लागि योजना बनिरहेको बताइन ।

काठमाडौं उपत्यकाको माग अनुसार मेलम्चीको पानीले मात्रै माग धान्न नसक्ने भएकाले दोस्रो चरणको परियोजना सञ्चालन प्रक्रिया अगाडि बढाउने योजना बनिरहेको बताइन ।

महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाए । रिङरोड बाहिर समेत खानेपानी वितरणका लागि केयूकेएलमार्फत् अगाडि बढ्न सकिने र प्रदेश स्तरीय योजना कार्यान्वयनमा समेत एडीबी सकारात्मक सहयोग गर्ने हुनले बताए ।

Share News