काठमाडौं । ‘इशान काठमाडौं’ नामकोे १ लाख रोपनी क्षेत्रफलमा बन्ने नयाँ शहरको डिजाइन फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी गर्ने भएको छ । डीपीआरका लागि ५ कम्पनीमध्ये फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी उत्कृष्ट ठहरिएको हाे।

तर १५ दिनसम्ममा कुनै दाबी विरोध ४ कम्पनीहरुबाट परेमा समितीले दाबी विरोध गर्ने कम्पनीको विषयमा छलफल हुनेछ । कम्पनीको दाबी सहि ठहरिएमा कम्पनी फेरिन सक्ने उपत्यका विकास प्रधिकरण्का आयुक्त भाइकाजी तिवारीले बताए ।
उपत्यकाकामा बन्ने ४ नयाँ शहरमध्ये ललितपुर र भक्तपुरमा २० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको काम सुरु भैरहेको छ । यसको जिम्मा इआरएमसी एनइए सटी एडीए जेभीलाई दिइएको छ । यस कम्पनीले पहिलो महिनाको अध्यायन प्रतिवेदन बुझाइसकेको प्रधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले जानकारी दिए । कम्पनीले १५ मिहनामा डिजाइनकाे प्रतिवेदन बुझाउनेछ ।
इशान काठमाडौं नामक शहर काठमाडौंको उत्तर पुर्वी क्षेत्रमा पर्छ । १ लाख क्षेत्रफलमा फैलिने यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।
त्यस्तै, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ ।
तीन दिनभित्र ‘काठमाडौं उत्तर’को डीपीआर कम्पनी छनिने
काठमाडौं उत्तर नामक १० हजार रोपनी क्षेत्रफलमा बन्ने शहरको डिजाइन गर्ने कम्पनी ३ दिनभित्र छानिने इन्जिनियर खोखालीले जानकारी दिएका छन् । यस शहरको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म फैलिनेछ ।
त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ ।