काठमाडौं । स्थानीय तहमा करारमा कर्मचारी राख्न बाटो खुल्ला भएको छ । स्थानीय तहमा प्रविधिक जनशक्तिको कमी भएपछि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०५४ (नमुना कार्यविधि) स्वीकृत भएको हो ।
कार्यविधी अनुसार स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारीको विवरण खुलाई विज्ञापन गर्नुपर्ने छ । विज्ञापन पछि प्रमुख प्रशासकिय अधिकृतको रहोबरमा आवेदन संकलन गर्नु पर्नेछ । आवेदन मर्फतबाट उम्मेदवारको योग्यता र क्षमताको आधारमा कर्मचारीको छनोट हुनेछ । कर्मचारी छनोट गर्दा पारिश्रमिक समेतको व्यवस्था गर्नुपर्नेछ ।