पाँच वर्षभित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत बन्ने

<p>काठमाडौं । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । ‘आपसी सद्भावको पहिचान गरि सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच [&hellip;]</p>

काठमाडौं । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । ‘आपसी सद्भावको पहिचान गरि सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए ।

मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका जानकारी दिए। उनले विमानस्थलको पुर्व तयारीको काम दुई बर्ष भित्र सुरु हुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ ।

बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य रहेको उनले बताए । निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिने बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय उनले जानकारी दिए।

शुक्रबारदेखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।

 

Share News