काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा कार्यरत ३ कर्मचारी पक्राउ परेका छन् । अख्तियरले सवारी चालक अनुमति पत्र नयाँ दर्ता शाखामा कार्यरत नायव सुब्बा लेखनाथ भुषाल सहित ३ जनालाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार सुब्बा भुषाल ३२ हजार घुस लिदै थिए भने कम्प्युटर अपरेटर शिवप्रसाद सुवेदी र अर्जुनप्रसाद आचार्य ट्रायल नै नदिएका व्यक्तिलाई पास भएको देखाउँदै थिए ।
सवारी चालक अनुमति पत्र बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको देखिन आएकोले निजलाई बिगो बमोजिम जरिवाना र कैद सजाय गर्न विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।