वडा नम्बर ११ को ६ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्दै महानगर

<p>काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण रोक्ने महानगरपालिकाको योजना अन्तर्गत मेयर सहित महानगरको टोली वडा नं ११ मा पुगेका छन् । टोलीले शुक्रबार महानगरको वडा नं ११ को स्थलगत भ्रमणबाट ६ रोपनी सार्वजनिक जग्गा रहेको पत्ता लगाएको हो । वडा नंं ११ धोवीखोला पश्चिम बसन्तनगरको नक्सा सिट नंं १०२—११४५—२५ को कित्ता नं १८ र २७ तथा [&hellip;]</p>

काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण रोक्ने महानगरपालिकाको योजना अन्तर्गत मेयर सहित महानगरको टोली वडा नं ११ मा पुगेका छन् । टोलीले शुक्रबार महानगरको वडा नं ११ को स्थलगत भ्रमणबाट ६ रोपनी सार्वजनिक जग्गा रहेको पत्ता लगाएको हो ।

वडा नंं ११ धोवीखोला पश्चिम बसन्तनगरको नक्सा सिट नंं १०२—११४५—२५ को कित्ता नं १८ र २७ तथा सिट नंं १०२—११४५—२० को कित्ता नं १८४ मा करिब ६ रोपनी जग्गा रहेको ११ वडाका सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।

‘वडामा आज सार्वजनिक जग्गाको यकिन गर्ने काम भएको छ, केहि जग्गा घर-टहराले भरिएका छन् भने केहि जग्गा ओलम्पिया विद्यालयले प्रयोग गरेका छन्, उनीहरुलाई सुरुमा जग्गा छोड्न मौखिक रुपमा बताउछौ यदि अटेरी गरे कानूनि प्रक्रिया अघि बढ्छ’, सचिव पौडेलले विकासन्युजसँग भने ।

महानगरले सो जग्गामा खुल्ला क्षेत्र साथै बाल उद्यान, जेष्ठ नागरिकको आराम स्थल हरियाली क्षेत्रको विकास गर्ने तयारी गरेको छ ।

 

 

Share News