रारा तालबाट कर्णाली महोत्सव, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य

<p>काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रारा तालबाट महोत्सव सुरु गरिने भएको छ । ५ लाख पर्यटक भित्र््याउने लक्ष्यकासाथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन महोत्सव हुन लागेको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासको आधार पर्यटन व्यावसाय भएको भन्दै कृषि उत्पादनलाई पनि जोड दिने बताए । कर्णाली प्रदेशमा [&hellip;]</p>

काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रारा तालबाट महोत्सव सुरु गरिने भएको छ । ५ लाख पर्यटक भित्र््याउने लक्ष्यकासाथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन महोत्सव हुन लागेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासको आधार पर्यटन व्यावसाय भएको भन्दै कृषि उत्पादनलाई पनि जोड दिने बताए ।

कर्णाली प्रदेशमा रारा राष्टिय निकुञ्ज, विश्वकै अग्लो छांंयानाथ, शेगुम्बा ,फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, नेपाली भाषा र उद्गमथल र बुलबुले ताल लागयतका पर्यटकीय सम्पदाहरु रहेका छन् ।

रारा–कर्णाली पर्यटन महोत्सवमा प्रधानमन्त्री विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको आयोजकले बताएका छन् ।

 

Share News