काठमाडौं । लैँगिक समानता र यौजजन्य तथा लैगिक हिँसाबाट सँरक्षण सम्बन्धी प्रभावकारी कानून र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन बिहीबार राजधानिमा सार्वजनिक गरिएको छ । प्रतिवेदनमाथि विज्ञहरुको प्यानल छलफल आयोजना गरेका थिए । उक्त प्रतिवेदन र छलफल बिपद्को समयमा हुने लैँगिक हिँसा तथा गरिनुपर्ने सँरक्षणमा केन्द्रित रहेको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासँघले उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सार्वजनिक गरेकी थिइन्।
उक्त छलफलमा मन्त्री थापाले राजनीतिक हिसावले महिलाहरुलाई धेरै अधिकार भएपनि दाइजो बोक्सी जस्ता सँस्कारजन्य चिन्तनले महिलाहरु अझै पछि परेको बताइन् ।
हालसालै ठूला विपद्का अवस्था सामना गरेका मुलुकहरुमा गरिएको विश्वस्तर अध्ययनको नेपाल घटना प्रतिवेदन एक भाग भनिएको छ।
प्रतिवेदनले देखाएका मूल विषयहरुमा चर्चा गर्दै प्रतिवेदनको मूल तयारीकर्ता अधिबक्ता सविन श्रेष्ठले विपद जोखिम न्यूनीकरण सम्बन्धी नयाँ बनेको ऐनमा राहतको मापदण्ड सम्बन्धी चर्चा गरेकी थिइन् । उनको अनुसार एउटा मात्र दफाले विपद्को समयमा लैगिंक समानताको विषयमा बोलेको हुँदा कानुनमा र कार्यान्वयनमा थप सुधारको आवश्यता रहेको बताइन् ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सँजीव थापाले कार्यक्रमले महिला बालबालिकाका विषयहरु थप उजागर गरेको र यस क्षेत्रमा थप काम गर्न उर्जा मिलेको बताए । उनले विद्यमान कानुनहरुको केन्द्र क्षेत्रीय देखि स्थानीय स्तरमा कार्यान्वन क्षमता वढाउँदै जानुपर्ने जनकारी दिए ।