स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट 

<p>काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सबैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराएका छन् । मन्त्री [&hellip;]</p>

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवशर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताएका छन् । उनले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सबैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराएका छन् ।

मन्त्री विष्टलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तर्गत तत्काल गर्नु पर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नु पर्ने सुधारहरु, संस्थागत विकास सम्वन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्वन्धमा सुझावहरु दिइएको थियो । जिफन्टका सचिव रमेश बडालले श्रम ऐन वमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरेका छन् ।

यसैगरी स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम शुरु गरी असारमसान्त भित्र घोषणा गर्न सुझाव दिए । नयाँ दर श्रावण १ बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गरेका छन् । योगदान आधारित सामाजिक सुरक्षा ऐन आए पनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरि यस अन्तरगतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नुपर्ने मन्त्री विष्टलाई अवगत गराएको छ ।

सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीबाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केहि कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको सचिव बडालले बताएका छन् । साथै, उनले प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यालय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको जानकारी गराएका छन् ।

Share News