ग्यास सञ्चालनसम्बन्धी नियम मान्न सकिन्न : उद्योगी

<p>काठमाडौं । ग्यास उद्योग सञ्चालन सुरक्षित बनाउन सरकारले लागू गरेको नियमका कतिपय प्रावधान पालना गर्न नसकिने उद्योगीले बताएका छन्। गुणस्तर प्रमाणपत्र लिन आवेदन दिएका झन्डै ५० कम्पनी मध्ये अधिकांशले मापदण्ड नपुगेको भन्दै स्वीकृति पाएका छैनन्। नेपाल गुणस्तर तथा नापतौल विभाग गुणस्तर प्रमाणपत्र नलिएका ग्यास उद्योगका सिलिण्डर बिक्रीमा रोक लगाएपछि विवाद बढेको  छ ।घना बस्तीबाट कम्तीमा [&hellip;]</p>

काठमाडौं । ग्यास उद्योग सञ्चालन सुरक्षित बनाउन सरकारले लागू गरेको नियमका कतिपय प्रावधान पालना गर्न नसकिने उद्योगीले बताएका छन्। गुणस्तर प्रमाणपत्र लिन आवेदन दिएका झन्डै ५० कम्पनी मध्ये अधिकांशले मापदण्ड नपुगेको भन्दै स्वीकृति पाएका छैनन्।

नेपाल गुणस्तर तथा नापतौल विभाग गुणस्तर प्रमाणपत्र नलिएका ग्यास उद्योगका सिलिण्डर बिक्रीमा रोक लगाएपछि विवाद बढेको  छ ।घना बस्तीबाट कम्तीमा ५ किलोमिटर टाढा मात्र उद्योग राख्नुपर्ने नियम प्रमुख अप्ठेरोको रूपमा रहेको र त्यो प्रावधान हटाउनुपर्ने उद्योगीहरू बताउँछन्।

३० वर्ष पहिले उद्योग खुलिसकेको तर हालै मात्र नयाँ नियम बनाइँदा अधिकांश उद्योगीहरू त्यसलाई पालना गर्न नसक्ने नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरे बताउँछन्।

मापदण्डको नाममा अनावश्यक र घना बस्तीबाट यति उति किलोमिटर भन्ने कुरा व्यवहारिक नभएको उनको तर्क छ । उनले भने, सुरक्षासंग सम्बन्धित विषयहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको छ कि छैन भन्ने विषयमा अनुगमन हुनुपर्छ। तर मापदण्डको नाममा अनावश्यक र घना बस्तीबाट यति उति किलोमिटर भन्ने कुरा चाहिँ व्यवहारिक होइन।ू

अधिकारीहरूका अनुसार पछिल्लो समय ग्यास उद्योगमा आगलागी र ग्यास सिलिण्डर पड्केर हुने दुर्घटनामा वृद्धि हुन थालेपछि अनुगमन तीव्र पारिएको हो।

सरकारी नियमपछि ४९ वटा उद्योगले गुणस्तर प्रमाणपत्रका निम्ति आवेदन दिएकोमा ७ वटाले मात्र पाएको छ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बाँकी उद्योगको अनुसन्धान जारी रहेको बताउँदै भने, ३५ वटा उद्योगहरूको अनुगमन गरी आवश्यक विषयमा निर्देशन दिएका छौं। त्यो निर्देशन पूरा भएन भने फेरि बाध्य भएर त्यस्ता उद्योगहरूलाई रोक्नुपर्ने हुन्छ।ू

अनुगमनमा सघाइरहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि मापदण्ड नै परिमार्जनको सुझाव सरकारलाई दिएको थियो।

३५ वटा उद्योगहरूको अनुगमन गरी आवश्यक विषयमा निर्देशन दिएका छौं। त्यो निर्देशन पूरा भएन भने फेरि बाध्य भएर त्यस्ता उद्योगहरूलाई रोक्नुपर्ने हुन्छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहाल भन्छन्, बस्तीभित्र रहेका उद्योगलाई गुणस्तर प्रमाणपत्र दिइयो र यदि दुर्घटना भयो भने त झन ठूलो चुनौती आउनेछ। त्यसैले कि उद्योग सार्नुपर्छ वा मापदण्ड नै परिवर्तन गर्नुपर्छ।

अन्य उपाय म देख्दिन। हाल देशभर ५५ वटा ग्यास उद्योग सञ्चालनमा छन्। जसले १ करोडभन्दा बढी सिलिण्डर बिक्री गर्दै आएको बताइएको छ ।
स्रोत बीबीसी

Share News