काठमाडौं । उपत्यकामा एक महिनामा १३८ वटा सवारीसाधन चोरी भएका छन् । उपत्यकाको विभिन्न स्थानबाट ९० मोटरसाइकल सहित १३८ मोटरसाइकल चोरी भएको हो ।

महानगरीय ट्राफिक कार्यलयका अनुसार गत फागुन महिना भरिमा ४० वटा स्कुटी, ट्रक, टीपर, स्करपियो, कार १–१ र ५ वटा साइकल चोरी भएको छ । चोरी भएका सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले ८ वटा सवारी साधन फेला पारेको छ । फेला परेको मध्ये ५ वटा मोटरसाइकल र ३ वटा स्कुटी रहेको छ । प्रहरीले यी सवारी साधन वेवारिसे अवस्थामा फेला पारेकाे हुाे । सवारी लिन सवारी लिनलाई आवश्यक कागजात सहित प्रहरी कार्यलयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।