काठमाडौं । कुनै बेला लाहुरे भन्ने बित्तिकै नेपाली समाजमा खुरुक्क आफ्नो छोरीचेली दिने चलन थियो । छोरीचेली पनि लाहुरे भनेपछि मख्खै पर्थे । त्यसपछि सरकारी जागिर खानेहरुको समय आयो। गायक क्रान्ती आलेले केटी माग्न जाँदा, विहे गर्छु भन्दा ससुरा परे दोधारे ससुराले भने खोजि आउ पहिले सरकारी जागिरु भन्ने गीतै निकालेका थिए । उक्त गीतले त्यसताका बजार पिटेको थियो ।

पछिल्लो सयम विदेशीले त्यो ठाँउ लिएको छ । विदेशीलाई छोरी माग्न जाँदा सहजै दिने चलन समाजमा प्रशस्त देखिन्छ । कतिपय ठाँउमा त्यस्तो नभएको होला तर मुलुकभर अधिकांश ठाँउमा छोरी माग्नका लागि विदेश जानु पर्ने बाध्यता छ । नत्र छोरी नै नदिने चलन छ । जब विदेश गएपछि भने खुसीको साथ छोरी दिने र विवाह गर्न बाटो खुल्छ ।
सामान्यतया आर्थिक सवल छैन भने आफ्नो छोरीले दुःख पाउला भन्ने सोचको उपज पनि हुनसक्ला विदेशी ज्वाइ रोज्नको कारण । यद्यपि कुनै(कुनै ठाँउमा स्वदेशमै पर्याप्न आम्दानी भएपनि स्वदेशको कमाइलाई नपत्याउने र थोरै कमाइ भए पनि विदेश गएको हुनु पर्ने समेत सोच रहेको समाज छ ।
निर्माण व्यवसायी महासंघको महासचिव रामशरण देउजाले नेपालमा विदेशीने संस्कृतिनै बसेको बताए । त्यसको प्रत्यक्ष प्रभाव निर्माण कार्यमा परेको छ । विभिन्न निर्माण कार्यको लागि अहिले नेपालमा श्रमिक पाउन छाडिसके भएको पनि विदेशतिर लाग्छ । ‘स्वदेशमै पर्याप्त आम्दानी भए पनि विदेशीने संस्कृतिको रुपमा नेपाली समाजमा गडिएको कारण विदेशीनु बाध्य भएको छ,’ उनले भने ।
उनको भनाइ अनुसार सर्लाही घर भएर काठमाडौंमा डन्डीको काम गर्दै आएका एक जनाले मासिक करिब डेढ लाख रुपैयाँ कमाई गर्दा गर्दै बिदेशीए । निर्माण व्यवसायी महासंघको महासचिव देउजालाई ती युवाले करिब ४ र ५ वर्ष काम सघाए । उनले त्यतिका वर्षहरुमा धेरै काम जानिसकेका थिए ।
२३र२४ वर्ष उमेरका डण्डीको काम गर्न सिपालु भइसकेको महासचिव देउजा बताउछन् । उनका अनुसार ती युवाले पढेको थिएन तर पनि राम्रो काम गर्थ्यो । काम गर्दागर्दै काम सिकेको थियो । ‘केटोले इञ्जिनियरले बनाएको नक्सा हेरेर कहाँ के गर्नु पर्ने सबै जान्दथ्यो,’ उनले भने ‘ पत्रकार महासंघको बिल्डीङ मैले बनाएको हुँ । बिल्डिङ बनाउदा त्यो केटो मैसँगै थियो । काम गर्ने भाका ल्याइसकेको थियो । सानो तिनो डन्डी सम्बन्धि ठेक्का पट्टा समेत गर्न थालिसकेको थियो तर एक्कासी म विदेश जान्छु भन्दै म कहाँ आयो ।’
केटोले त्यसो भनेपछि आफु छक्क परेको देउजाले सुनाए । ‘मैले केटोलाई सम्झाउन खोजे तर सकिन,’ उनले भने ‘त्यसपछि उनले काम छोड्यो ।’ महासचिव देउजाको अनुसार उनको गाँउमा विदेश नगए युवाहरुको विवाह हत्तपत्त नहुने रहेछ । त्यसैले स्वदेशमै राम्रो कमाइ हुने भएपनि विवाह गर्नका लागि विदेशीनु परेको बाध्यता रहेछ । उक्त गाँउमा स्वदेशको कमाइलाईभन्दा पनि विदेशीनु ठूलो कुरो रहेछ । विदेश गएर आउनेहरुलाई मात्र समाजले पनि पत्यउने । छोरी चेलि दिने रहेछ ।
पछिल्लो समय मुलुकमै राम्रो कमाइ हुदा पनि विदेशीने संस्कृति ठूलो समस्याको रुपमा खडा भएको निर्माण व्यवसायीहरुको भनाइ छ । जबसम्म विदेशीदै गरेको नेपालीलाई स्वदेशमै रोक्न सकिन्दैत आर्थात मुलुकमै रोजगार दिदै तथा त्यसप्रति आकर्षित गराउन सकिन्दैन, सरकारले भन्दै गरेको आर्थिक समृद्धि नारामा मात्रै सिमित हुने उनीहरुको बुझाइ छ ।