पूर्व प्रधानमन्त्रीदेखि सासंद र व्यापारीका सन्तानले महालेखालाई अर्बौं वक्यौता तिर्न गरे अटेर

<p>काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बक्यौता रकम उठाउन ताकेता गर्दा व्यवसायीले अटेर गरेका छन् । महालेखाले ताकेता गर्दा ११९ मध्ये १ जनाले मात्रै वक्यौता तिरेका छन् । महालेखाले दिएको म्याद सकिन अब ९ दिन मात्रै बाँकी छ । बक्यौता रकम तिर्नेमा भोजपुर जिल्लाका डिकप्रसाद बान्तावा ररहेका छन् । बान्तावाले १० हजार ३९५ रुपैंया तिरेको कुमारीचोक [&hellip;]</p>

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बक्यौता रकम उठाउन ताकेता गर्दा व्यवसायीले अटेर गरेका छन् । महालेखाले ताकेता गर्दा ११९ मध्ये १ जनाले मात्रै वक्यौता तिरेका छन् । महालेखाले दिएको म्याद सकिन अब ९ दिन मात्रै बाँकी छ ।

बक्यौता रकम तिर्नेमा भोजपुर जिल्लाका डिकप्रसाद बान्तावा ररहेका छन् । बान्तावाले १० हजार ३९५ रुपैंया तिरेको कुमारीचोक तथा केन्द्रिय तहसिल कार्यलयका प्रमुख जीवनप्रकाश महोत्राले जानकारी दिए ।

महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अरबौं रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको छ । घरमै चिठी लेखेर पठाउँदा पनि प्रतिक्रिया नआएपछि, महालेखाले वक्यौता नतिर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र बाँकी रकम तिर्न अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिन लाग्दा १ जनाले मात्र वक्यौता तिरेका छन् ।

महालेखाले सार्वजनिक गरेको ११९ जनाको विवरणामा राणा प्रधानमन्त्री भीमशम्शेर र पद्मशम्शेरका परिवार पनि रहेका छन् । होटल मल्लका प्रवन्ध निर्देशक महाराज कुमारी रानी मल्लले ८ करोड १० लाख रुपैयाँ बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ ।
बक्यौता रकम तिर्न बाँकी रहेका ठुला तारे होटलले भुक्तानी गर्नुभन्दा पनि अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्नेमा सोल्टी होटल्स लिमिटेड, एभरेष्ट होटल प्राइभेट लिमिटेड, एभरेष्ट क्यासिनो, फुलबारी रिर्सोट पोखरा र होटल याक एण्ड यति छन् ।

उनीहरुको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको छ । पहिले लगानी गर्ने र अहिले लगानी गर्ने सञ्चालक फरक पर्दा होटलको केसमा समस्या पर्न गएको महोत्राले भनाई छ । ‘उनीहरुको माग भनेको जुन संचालकले बक्यौता नतिरेको हो, सोहि संचालकले रकम तिर्नुपर्ने रहेको छ, हाम्रो संस्थाले पनि सोही अनुरुप पुरानै संचालकलाई ताकेता गर्ने हो’, महोत्राले विकासन्युजसँग भने ।

यसैगरी पर्यटन विभागले भने वर्तमान संचालक पनि जिम्मेवार रहने जनाएको छ । स्वामित्व हस्तान्तरणको बेलामा उनीहरुले बक्यौताको विषयमा बुझ्नु पर्ने विभागको धारणा छ ।महालेखाले प्रक्रिया सुरु गरेको कुनैपनि व्यक्ति वा संस्था कर तिर्नबाट मुक्त हुन सक्दैनन । की सरकारले मिनाह घोषणा गर्नुपर्यो ।

व्यक्ति पत्ता लगाउनमा कार्यलयलाई समय लगिरहेको छ । व्यक्ति पत्ता लागेपछि व्यक्तिको नाममा रहेको जग्गा वा जिन्सी सामाग्री लिलामी गरेरै भएपनि बक्यौता असुली हुन्छ ।

विदेशी कम्पनीसँग कसरी बक्यौता उठाउने कानून छैन

विदेशी कम्पनीसँग बक्यौता उठाउने कानून नभएपछि महालेखालाई समस्या परेको छ । विदेशीसंग वक्यौता रकम उठाउनका लागि आवश्यक कानून तयार पार्न महालेखाले अर्थ मन्त्रालयसंग छलफल थालेको छ । नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यावसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो ।

विसं २०४० सालभन्दा अघि घरेलु उद्योग लगायत विभिन्न शिर्षकमा रकम लिएर अहिलेसम्म बुझाउन नआउनेमा निजामति कर्मचारी, ठेकेदार र क्यासिनो र होटल व्यवसायी छन् ।

सबैभन्दा बढी सरकारी वक्यौता तिर्न बाँकी नेपाल रिक्रेशन सेन्टर प्रालि रहेको छ । वाधवाको कम्पनी नेपाल रिक्रेशनले ५७ करोड ३४ लाख रुपैयाँ वक्यौता तिर्न बाँकी छ । नतिर्नेहरुमा होटल मल्ल देखि अन्नपुर्ण इन्टरनेश्नल प्राली समेत रहेका छन् । होटल मल्लले ८ करोड रुपैंया तिर्न बाँकी रहेको छ । अन्नपुर्ण प्रालीले करिब १३ करोड ऋण रकम तिर्न बाँकी रहेको छ ।

टेक्सना रिसोर्स कम्पनीले ११ करोड ७३ लाख, नेपाल रिक्रेसन सेन्टर आरडी टटलले १ करोड ८४ लाख, खुम्बु कन्ट्रक्सन कम्पनीको ४ करोड ३० लाख, ह्यापी हावर प्रालिका सञ्चालक गोकर्ण लामिछानेले ६ करोड १६ लाख रुपैयाँ तिर्न बाँकी छ ।

महालेखाको अनुसार ऋण नर्तिनेहरुमा २० ठेकेदार, ८७ जना कर्मचारी, सैनिक र १२ वटा होटल तथा क्यासिनो रहेका छन् । यिनीहरुबाट सरकारले अबौं रकम उठाउँन बाँकी रहेको छ । ११९ जनाबाट १ अर्ब १७ करा रूपैंया भन्दा बढी असुल गर्नुपर्ने देखिएको महालेखाले जनाएको छ ।

Share News