
काठमाडौं । राधी विद्युत कम्पनी लमिटेडको ४१ लाख कित्ता साधारण सेयर (आईपीओ) कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।
सुचिकृत भएको ७ दिनपछि मात्र सेयर कारोबार हुने नेपाल स्टकले जनाएको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई समेत आईपीओ निष्कासन गरिसकेको छ ।