काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासनको नीतिगत निर्णय गर्न चैत २८ गते साधारणसभा बोलाएको छ ।

साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासको काम अघि बढ्ने कम्पनीका प्रवन्ध सञ्चालक विनय भण्डारीले जानकारी दिए ।
कम्पनीले सभामा आईपीओ निष्कासनलाई विशेष प्रस्तावका रुपमा लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओको संख्या यकिन गरिने उनले बताए ।
“अहिले आईपीओ निष्कासन प्रस्ताव पारित गर्नेछौ” उनले भने “त्यसपछि हिसाव गरेर सेयर स्वामित्वको संरचना तयार पार्नेछौ ।” सभामा सञ्चालकको पनि निर्वाचन गर्ने हुनेछ ।
कम्पनीले लम्जुङमा १२ मेगावाटको दोदीखोला १ आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने उनले बताए । आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ ।
दोर्दीखोला जलविद्युत सीईडीबी हाइड्रो फण्ड लिमिटेडअन्र्तगतको सहायक कम्पनी हो । राधि विद्युत कम्पनी लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेड रहेका छन् ।