काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० को पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन केन्द्रले कक्षा ९ र १० कोे १४ वटा विषयको पाठ्यक्रम परिवर्तन गर्न लागेको हो ।

भुगोल, इतिहास, नागरिकशास्त्र, समाजशास्त्र, कम्प्युटर विज्ञान, वातावरण विज्ञान, मैथली, फोटोग्राफ्री, चित्रकला, शिक्षा, लेखापरीक्षण, पत्रकारिता, जनसंख्या, स्वास्थ्य शारीरिक विषयका पाठ्यक्रम परिवर्तन हुने भएका हुन ।
केन्द्रका सुचना अधिकारी खुविराम अधिकारीले समय परिवर्तनसँगै पाठ्यक्रम परिवर्तन आवश्यक भएको बताए । उनले प्रत्येक १० वर्षमा पाठ्यक्रम परिमार्जन गरिएको बताउदै सोहीअनुसार १४ वटा ऐच्छिक विषयहरु परिमार्जन गर्न लागिएको हो ।
२०७६ सालमा कक्षा ९ मा १४ वटा विषयहरु लागु हुने गरी परिमार्जन हुनेछ । २०७७ सालमा कक्षा १० को १४ वटा ऐच्छिक विषयहरु लागु हुने गरि परिमार्जन हुने छ । शिक्षा ऐन २०२८ को ८ आैैं संशोधन पछि कक्षा ११ र १२ को पनि पाठ्यक्रम विकास केन्द्रले नै पाठ्यक्रम परिमार्जन गर्ने समेत अधिकारीले बताए ।