काठमाडौं । एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक छविरमण अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका तत्कालीन संचालक अधिकारीलाई पक्राउ गरेको हो ।
संचालक अधिकारी शनिवार दिउँसो काठमाडौंको बानेश्वरबाट पक्राउ परेका व्यूरोका डिएसपी श्याम ओलियाले बताएका छन् ।
साथै, व्युरोले गत शुक्रबार बैंकको १ अर्ब ५० करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो ।