कपास गोदाममा आगलागी ४० लाख मूल्य बराबरको क्षति

<p>काठमाडौं । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ । चन्दना कोइरालाको गोदाममा बिहान ९ बजे लागेको आगो हो । दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति [&hellip;]</p>

काठमाडौं । भरतपुर महानगरपालिका– १० रिजाल चोकस्थित प्रकृति कपास उद्योगको गोदाममा आगलागी हुँदा कच्चा पदार्थ जलेर नष्ट भएको छ ।

चन्दना कोइरालाको गोदाममा बिहान ९ बजे लागेको आगो हो । दमकल, प्रहरी, सशस्त्र, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार आगलागीबाट रु ४० लाख मूल्य बराबरका क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गोदाममा पुराना कपडा रहेका थिए ।

पुराना कपडा पेलेर सिरक डसना बनाउने गरिएको थियो । मेसिनको मोटरबाट सर्ट भई आगलागी भएको ढकालले बताए ।-रासस

 

Share News