उनको दोस्रो अन्तर्रा्ष्ट्रिय उडान नै अन्तिम बन्यो

<p>काठमाडौं । २५ वर्षीया पृथुला रशिदका लागि सहचालकका रूपमा त्यो दोस्रो अन्तर्रा्ष्ट्रिय उडान थियो । उनले आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय उडान पनि काठमाडौमै गरेकी थिइन्। उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् । बीबीसी बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् उनका बुवा र आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा [&hellip;]</p>

काठमाडौं । २५ वर्षीया पृथुला रशिदका लागि सहचालकका रूपमा त्यो दोस्रो अन्तर्रा्ष्ट्रिय उडान थियो । उनले आफ्नो पहिलो अन्तर्रा्ष्ट्रिय उडान पनि काठमाडौमै गरेकी थिइन्।

उनी डेढ वर्षदेखि विमानचालकका रूपमा काम गर्दै आएकी थिइन् । बीबीसी बांग्लासँग कुरा गर्दै उनकी आफन्त तासामिन रहमान ओमीले भनिन् उनका बुवा र आमालगायत परिवारका धेरै जनालाई पृथुला विमानचालक बन्ने कुरा मन परेको थिएन । उनका बुवाआमाले आफ्नी एक मात्र सन्तानले निरन्तर जोखिम भइराख्ने पेसा अँगाल्ने कुरा स्वीकार्न सकेका थिएनन् ।

उनको उपस्थिति नै अरुलाई सहज अनुभव गराउन पर्याप्त हुने खालेको थियो। कसैको मन खिन्न रहेको छ भने पनि त्यो व्यक्ति पृथुलाको कुरा सुनेर तुरुन्तै खुशी हुन सक्थ्यो ।

Share News