२ अर्ब पूँजीका उद्योग प्रदेशमै, घरेलु उद्योगलाई स्थानीय तहमा

<p>काठमाडौं । २ अर्ब रुपैयाँसम्म पूँजी लगानी भएका ठूला उद्योगलाई प्रदेश सरकारमा लैजाने तयारी भइरहेको छ । संघिय संरचनाअनुसार २ अर्ब रुपैयाँसम्म लगानी भएका ठूला उद्योगहरु प्रदेश सरकारले हेर्ने तयारी उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्रालयले गरेको हो । ‘अहिले २ अर्ब रुपैयाँसम्मको उद्योग प्रदेशमा जाने तयारी भएपनि सो रकम अझै बढ्न सक्ने सम्भावना रहेको छ,’ [&hellip;]</p>

काठमाडौं । २ अर्ब रुपैयाँसम्म पूँजी लगानी भएका ठूला उद्योगलाई प्रदेश सरकारमा लैजाने तयारी भइरहेको छ । संघिय संरचनाअनुसार २ अर्ब रुपैयाँसम्म लगानी भएका ठूला उद्योगहरु प्रदेश सरकारले हेर्ने तयारी उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्रालयले गरेको हो ।

‘अहिले २ अर्ब रुपैयाँसम्मको उद्योग प्रदेशमा जाने तयारी भएपनि सो रकम अझै बढ्न सक्ने सम्भावना रहेको छ,’ मन्त्रालयका प्रवक्ता गोपिकृष्ण खनालले भने, ‘त्यस सम्बन्धमा समेत मन्त्रालयमा व्यापक छलफल भइरहेको छ ।’ विगतमा ठूला लगानी भएका सबै उद्योग केन्द्रले हेर्ने गरेकोमा अब प्रदेश सरकारमा पनि जाने भएको छ । यद्यपि विदेशी लगानी भएका र अनुमति लिन पर्ने मदिरा, खरखजाना, बारुद लगायतका साना, मझौला तथा ठूला उद्योगहरु भने सम्पूर्ण केन्द्र सरकारले नै हेर्ने उनकोे भनाइ छ ।

त्यस्तै, उनले लघु, घरेलुु तथा साना उद्योगहरु स्थानीय तहमा जाने बताए । १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मका मझौला उद्योगहरु प्रदेश सरकारमा दर्ता गरिने उनको भनाइ छ । तीबाहेक निश्चि रकमका ठूला उद्योगहरु समेत प्रदेश सरकारले हेर्ने सम्बन्धमा छलफल भइरहेको हो ।

विभागको प्रवत्ता दुर्गाप्रसाद भुसालले २ अर्ब रुपैयाँसम्मको पूँजी भएका उद्योग दर्ता प्रदेश सरकारमा गर्न उपर्युक्त हुने भएकोले उक्त प्रस्ताव मन्त्रालयमा लगेको बताए । ‘त्यस्तै घरेलु तथा साना उद्योग विभागको काम समेत स्थानिय तहमा जाने र उक्त विभाग उद्योग विभागमै मिसिने तयारी भइरहेको छ,’ उनले भने ।

संविधानमा सबै किसिमको उद्योग प्रदेशमा दर्ता हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार अहिले २ अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगहरु प्रदेश सरकारमा दर्ता गर्ने तयारी गरिरहेको उद्योग विभागले जनाएको छ । योभन्दाअघि १० करोड रुपैयाँभन्दा माथि पूँजी भएका सम्पूर्ण उद्योगहरु विभागमै दर्ता हुदै आएको थियो ।

Share News