काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा २ दिने भारत भ्रमणमा जान लागेका छन् । उनी आजै दिउसो भारत उड्न लागेका हुन् ।
भारतको हरियाणामा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन अर्थमन्त्री खतिवडा १ बजेर ३० मिनेटमा जेट एयरबाट भारत जान लागेका हुन् । उनी भोली नै स्वदेश फर्कने कार्यक्रम रहेको उनीको निजी सचिवालयले जनाएको छ ।
भारत सरकारको निमन्त्रणा वा अन्य व्यवसायीक संगठनको कार्यक्रममा उनी भारत जान लागेका हुन भन्ने चाँही खुलाइएको छैन ।