प्रहरी हवल्दार कुलबहादुर बिसी १ लाख ६० हजार घुस रकमसहित पक्राउ

<p>काठमाडौं । प्रहरी चौकी पाखापानी म्याग्दीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर बिसी घुष रकमसहित पक्राउ परेका छन् । बिसी सेवाग्राहीलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गराइदिने बहानामा सेवाग्राहीसँग १ लाख ६० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । बिसीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कारवाहि प्रक्रिया [&hellip;]</p>

काठमाडौं । प्रहरी चौकी पाखापानी म्याग्दीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर बिसी घुष रकमसहित पक्राउ परेका छन् ।

बिसी सेवाग्राहीलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गराइदिने बहानामा सेवाग्राहीसँग १ लाख ६० हजार घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

बिसीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कारवाहि प्रक्रिया अघि बढेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाउको छ ।

उनीमाथी जरिवाना र कैद सजाय हुन मागदाबी सहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share News