काठमाडौं । दाेस्रो कार्यकालका लागि राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छिन् । मंगलबार संघीय संसदमा भएको निर्वाचनमा भण्डारीले कुमारी लक्ष्मी राईलाई पराजित गरेकी हुन् ।

संविधान जारी भएपछि राष्ट्रपति बनेकी भण्डारी अागामी ५ वर्षसम्म राष्ट्रप्रमुख रहने छिन् । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । भतमारका अाधारमा भण्डारीले ३९ हजार २७५ मत पाइन् भने राईले ११ हजार ७३० मत पाएकी छिन् ।