बोक्सीको आरोपमा कुटपिटमा परेकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने

<p>धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई [&hellip;]</p>

धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बोक्सीको आरोपमा कुटपिटमा परेकी कैलालीकी युवतीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

युवतीमाथि बिहीबार कुटपिट गरिएको थियो । गाउँमा धामीझाँक्रीको काम गर्दै आएका स्थानीयवासी रामबहादुर चौधरीले युवतीलाई बोक्सी लागेको भन्दै उपचारका क्रममा कुटपिट गरेका थिए । रामबहादुरसहित उनको झारफुकको काममा सघाउने सोही ठाउँकी कृष्णमति चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज उनीहरु विरुद्ध मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । भोले बाबाका नामले समेत चिनिने रामबहादुर गाउँमा लामो समयदेखि धामीझाँक्री (बैद्य)को काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी सहायक निरीक्षक दिनेश विष्टले त्यस दिन गाउँमा अचानक छ/सातजना युवतीमा बेहोस् हुने समस्या देखिएकोमा तीमध्ये दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा पु¥याउनु परेको बताए ।

रामबहादुरले बेहोस् भएकीमध्ये राधा चौधरीलाई झारफूक गरी निको पार्ने भन्दै झारफूकका क्रममा बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित युवतीले बताएकी छन् । राधाको अवस्था खतारमुक्त रहेको छ ।-रासस

Share News