महरा सभामुखमा निर्विरोध निर्वाचित

<p>काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६ (३) बमोजिम महरा निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएका हुन् [&hellip;]</p>

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६ (३) बमोजिम महरा निर्विरोध निर्वाचित भएका हुन् ।

सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएका हुन् ।

बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव र देव गुरुङले समर्थन गरेका थिए ।

प्रधानमन्त्रीको विश्वासको मत आइतबार

प्रतिनिधिसभाको अर्को बैठक भोलि फागुन २७ गते दिनको १ः०० बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ ।-रासस

Share News