१५०० पिन्ट रगत संकलन गर्दै नेपालले तोड्यो भारतको ९ सय पिन्टको रेकर्ड

<p>काठमाडौं । नेपालले ८ घण्टामा १५ सय पिन्ट रगत संकलन गर्दै भारतको ९ सय पिन्ट रगतको विश्व किर्तिमान भंग गरेको छ । लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले भारतको कीर्तिमान भंग गर्ने उद्देश्यले एक हजार ५ सय पिन्ट रगत संकलन गरेका हुन् । एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड [&hellip;]</p>

काठमाडौं । नेपालले ८ घण्टामा १५ सय पिन्ट रगत संकलन गर्दै भारतको ९ सय पिन्ट रगतको विश्व किर्तिमान भंग गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँलगायतका संस्थाले भारतको कीर्तिमान भंग गर्ने उद्देश्यले एक हजार ५ सय पिन्ट रगत संकलन गरेका हुन् ।

एकै दिनमा एकै ठाउँमा आठ घण्टाभित्र रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा विश्व कीर्तिमान कायम गराउन उनीहरुले सो प्रयास गरेका आयोजकले जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष अखिल श्रेष्ठले सो रक्तदानलाई विश्व कीर्तिमान कायम गर्न आजदेखि रक्तदानको प्रमाणसहित कार्य अगाडि बढाइने जानकारी दिँदै करिब डेढ महिनाभित्रमा त्यसको प्रमाणपत्र आउने बताए ।

यसअघि भारतमा करिब ९०० पिन्ट रगत संकलन गरिएको भए पनि विश्व कीर्तिमानका लागि दाबी नगरिएको आयोजकले जनाएका छन् ।-रासस

Share News