एनआईसी एशिया बैंकबाट लक्ष्मण रिसाल बाहिरीए, बैंक नयाँ सीईओको खोजीमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएका छन् । २ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गर्न थालेपछि रिसालले दुई महिनाअघि नै राजीनामा दिएका छन् । रिसाल शुक्रबारदेखि विदामा बसेको बैंकका प्रमुख सूचना अधिकृत सुधीर पाण्डेले विकासन्युजलाई जानकारी दिए । ‘उहाँको दुई वर्षको कार्यकाल सकिन लागेको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएका छन् । २ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गर्न थालेपछि रिसालले दुई महिनाअघि नै राजीनामा दिएका छन् ।

रिसाल शुक्रबारदेखि विदामा बसेको बैंकका प्रमुख सूचना अधिकृत सुधीर पाण्डेले विकासन्युजलाई जानकारी दिए । ‘उहाँको दुई वर्षको कार्यकाल सकिन लागेको छ । नियमअनुसार शुक्रबारदेखि विदामा बस्नु भएको छ’ पाण्डेले भने ।

रिसालले बुधबार बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम अग्रवाललाई राजीनामा बुझाएका छन् । उनले विहीबार सार्वजनिक विदा भएपनि बैंकका उच्च व्यवस्थापन समूहलाई बैंकमा बोलाई आफ्नो कार्यकाल सकिन लागेको र शुक्रबारदेखि विदामा बसेको जनाकारी गराएका छन् ।

जेठको पहिला सातादेखि उनको दुई वर्षे कार्यकाल पूरा हुँदैछ । थप कार्यकालको लागि पुन नियुक्ती गर्ने अवस्थामा कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै जानकारी दिने अभ्यास छ । दुई महिना बाँकी हुँदा पनि समय थप गर्ने बारेमा जानकारी नपाएपछि र सञ्चालक समितिले नयाँ सीईओको खोजी थालेको संकेत पाएपछि रिसालले राजीनामा गरेको स्रोतले बतायो ।

पछिल्लाे समय बैंकहरू लगानी याेग्य पुँजीकाे अभावले तनावमा छन् । यसै बेला बैंकका सीर्इअाेहरूले राजीनामा दिने क्रम पनि बढेकाे छ। छिटाेछिटाे सीर्इअाे परिवर्तनलार्इ बैंकिङ क्षेत्रमा राम्राे मानिएकाे छैन ।

‘रिसालले राजीनामा अध्यक्षलाई बुझाएको मैले पनि सुनेको हुँ’ बैंकका एक जना सञ्चालकले भने–‘बैंक सिष्टममा चलेको छ । विधि अनुसार नयाँ सीईओको नियुक्ती छिट्टै हुनेछ ।’

 

Share News