काठमाडौँ । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रक्षा मन्त्री ईश्वर पोखरेलले महिलाका लागि सांस्कृतिक संग्रहालय र छुट्टै विश्वविद्यालय हुनुपर्ने कुरामा जोड दिएका छन् ।
सांस्कृतिक संग्राहलयले आयोजना राजधानीमा आयोजना गरेको कार्यक्रममा सो कुरा व्यक्त गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अशं र वंशको अधिकारमा महिला र पुरुषको समान हैसियत हुनुपर्ने बताए ।
महिला दिवसको अवसर पारेर आयोजकले नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी समेत सुरु गरेको छ । नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पु¥याएका महिलाको फोटो प्रदर्शनी फागुन ३० गतसम्म हुने आयोजकले जनाएको छ ।
संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले ‘नारी शक्तिलाई सम्झौँ, नारीको सम्मान गरौँ’ भन्ने मूलनाराका साथ १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फोटो प्रदर्शन गर्न लागेको जानकारी दिए । प्रदर्शनीमा नेपालका २५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाको फोटो राखिएको छ ।