गगन थापाले भने– प्रधानमन्त्री ओली अझै संघीयता विरोधि कित्तामै छन्

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को बुधबार बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, उनले भने ‘प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् ।


रिपोर्टर्स क्लब नेपालमा यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को बुधबार बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । ‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, उनले भने ‘प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो देखिन्छ ।’ यो राम्रो नभएको उनको तर्क छ ।

संघीय व्यवस्था विरुद्ध अरुले फरक विचार राखेपनि प्रधानमन्त्री ओलीले यो व्यवस्थाको बारेमा कुनै शंका तथा उपशंका गर्न नपाउने उनको भनाइ छ । ‘संघीय व्यवस्थाको विरोध गर्ने छुट प्रधानमन्त्री ओलीलाई छैन्,’ उनले भने ।

कालिकोट स्थायी घर भएका लेखक बमको पुस्तक बिमोचन कार्यक्रमका नेता थापाले पुस्तकको बारेमा समेत चर्चा गरेका थिए । त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति कालिकोटका सभापति हर्षबहादुर बमले समेत आफ्नो भनाइ राखेका थिए ।

Share News