काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीलाई छोडेको अर्थतन्त्रको परिसूचाङक सबै घाटामा रहेको देखिएको छ । देउवाले सरकार छोड्ने बेलामा पनपरी तरिकाले सरकारी ढुकुटीबाट रकम बाँडेर अर्थतन्त्रलाई कमजोर बनाएको देखिएको वर्तमान सरकारकाे निष्कर्ष छ । बुधबार अर्थमन्त्रालयमा एक कार्यक्रम गर्दै सरकारले पुरानो सरकारले छाडेको अर्थतन्त्रको बारेमा समिक्षा गरेको छ ।
यस्तो छ देउवा सरकारले ओलीलाई छाडेको अर्थतन्त्र
शोधान्तर स्थिति ६ अर्ब ६६ करोड घाटामा छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा शोधान्तर स्थिति ४५ अर्बले बचत रहेको थियो । चालु खाता ७ अर्ब ७१ करोड घाटामा रहेको छ । विदेशी विनीमय संचितिमा १.१ प्रतिशतले कमि आई १० खर्ब ६७ अर्ब ३४ करोड रहेको छ । समिक्षा अवधिमा चालू खाता ७५ अर्ब ७१ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यो खाता १ अर्ब ८ करोडले घाटामा रहेको थियो ।
कुल खर्चमा नेपाल सरकारका स्रोतमा गत वर्षभन्दा ५३.३९ प्रतिशतले भन्दा बृद्धि भएको छ भने वैदेशिक ऋण १८.३३ प्रतिशतले वृद्धि भएको छ । तर वैदेशिक अनुदानको परिचालनमा भने घटेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को ६ महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ३५ अर्ब ४७ करोड घाटा रहेको छ । अधिल्लो वर्षको सोहि अवधिमा सरकारको बजेट ४० अर्ब २२ करोड बचतमा रहेको छ । समिक्षा अवधिमा मुद्रास्फ्रिति ३.५ प्रतिशत रहि आर्थिक वर्षको अन्तमा ६ प्रतिशतको सिमाभित्र रहने अनुमान रहेको छ । विदेसिने युवाहरुको संख्यामा १.८ प्रतिशतले कमि आई रेमिट्यान्स् प्रवाहमा पनि ०.५ प्रतिशतले ह्रास आएको छ ।