जिल्ला समन्वय समितिले महानगरलाई बुझायो १२ करोड २१ लाख रुपैंया

<p>काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालाई  १२ करोड २१ लाख ६८ हजार ४ सय ९४ रुपैंया बुझाएको छ । समितिले रजिष्ट्रेशन र मालपोतको शुल्क बापतको रकम महानगरलाई बुझाएको हो । जिससले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७३/0७४ सम्मको बक्यौता रकम बुझाएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर वैधले महानगर [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालाई  १२ करोड २१ लाख ६८ हजार ४ सय ९४ रुपैंया बुझाएको छ । समितिले रजिष्ट्रेशन र मालपोतको शुल्क बापतको रकम महानगरलाई बुझाएको हो ।


जिससले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७३/0७४ सम्मको बक्यौता रकम बुझाएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर वैधले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई चेक हस्तान्तरण गरेका हुन् ।

जिससले मालपोत र रजिष्ट्रेशन वापत दिनुपर्ने रकम १४ करोड, ९ हजार २० रुपैंया हो तर यस रकममा मालपोत करको २५ प्रतिशत रकम समायोजन गरिएको छ । यसअघि साविकको जिल्ला विकास समितीले २०७२ असार २९ गते १ करोड ५० लाख बुझाएको थियो ।

जिसस र महानगरबिच गत फागन १३ गते बसेको बैठकले मालपोत र रजिष्ट्रेशन रकम महानगरलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।महानगर र जिससबिचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति समेत भएको छ ।

Share News