संघीय नेपालको प्रथम राष्ट्रपति: विद्या भण्डारी कि झलनाथ खनाल ?

<p>काठमाडौं । संघिय नेपालको प्रथम राष्ट्रपति निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । बामपन्थी गठबन्धनमा राजकिय पद बाडफाँट गर्दा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले संघिय नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार छान्नका लागि मंगलबार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोश्रो कार्यकालका लागि [&hellip;]</p>

काठमाडौं । संघिय नेपालको प्रथम राष्ट्रपति निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । बामपन्थी गठबन्धनमा राजकिय पद बाडफाँट गर्दा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले संघिय नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार छान्नका लागि मंगलबार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको छ ।

वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोश्रो कार्यकालका लागि पुनः दोहोरिने अभियानलाई तिब्र पारेकी छिन् । उनले एमाले र माओवादी केन्द्रका दोश्रो तहका नेताहरुलाई शितल निवासमै बोलाएर आफ्ना पक्षमा लागिदिन आग्रह गरिसकेकी छिन् । उता, पार्टीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति बन्ने तिब्र इच्छा देखाएका छन् । खनाल अघिल्लो कार्यकालमा पनि राष्ट्रपतिका आकांक्षी थिए तर पार्टीले विद्या भण्डारीलाई उम्मेदवार बनायो ।

आजै बस्ने एमाले स्थायी कमिटीले आगामी पाँच बर्षका लागि संघिय नेपालको प्रथम राष्ट्रपतिको टुंगो लगाउने छ । ‘स्थायी कमिटीले निर्णय गर्यो भने झलनाथ खनाल राष्ट्रपति बन्नुहुनेछ, माओवादीसँग सल्लाह गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले टुंगो लगाउने अधिकार दियो भने भण्डारी दोहोरिने सम्भावना छ’, एमाले उच्च श्रोतले भन्यो ।

एमालेले मन्त्री छान्ने जिम्मा भने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको थियो । राष्ट्रपतिको उम्मेदवार तोक्ने जिम्मेवारी भने ओलीलाई नदिने सम्भावना रहेको श्रोतले बतायो ।‘स्थायी कमिटीले अध्यक्षलाई मन्त्री छान्ने सर्वाधिकार दिएको थियो, उहाँले आफुलाई काम गर्न सहज हुने टिम बनाउन त्यस्तो गरिएको थियो, राष्ट्रपतिको उम्मेदवार छान्ने सवालमा स्थायी कमिटी आफैंले निर्णय गर्ला’, एमाले श्रोतले भन्यो ।

Share News