विवाह खर्च घटाएर दम्पतीद्वारा विद्यालयलाई २ लाख

<p>काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सोमबार २ लाख रुपैयाँ सहयोग गरेकाछन् । &nbsp; तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य शिवराज पाण्डेलाई सो रकम  हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन [&hellip;]</p>

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्नो विवाह खर्च घटाएर निरञ्जन माविका गरिब र विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सोमबार २ लाख रुपैयाँ सहयोग गरेकाछन् ।

 

तिवारीले आफ्ना पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापनार्थ विद्यालयका प्राचार्य शिवराज पाण्डेलाई सो रकम  हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले सो सहयोगले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताएका थिए । गत महिना काठमाडौँमा विवाह गरेका तिवारी संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । रासस

Share News