नेपाल चार्टड एकाउन्टेन्ट संघले नयाँ कार्यसमिति चुन्यो, अध्यक्षमा आनन्दराज र महासचिवमा अरण राउत निर्वाचित

<p>काठमाडौं । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको छाता संगठन नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक पाण्डे निविरोध चयन भएको छ । त्यसैगरी महासचिवमा अरुण राउत, कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा संगिता कडरिया प्रसांई, [&hellip;]</p>

काठमाडौं । नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको छाता संगठन नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को २३ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् भने उपाध्यक्षमा दिपक पाण्डे निविरोध चयन भएको छ । त्यसैगरी महासचिवमा अरुण राउत, कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा संगिता कडरिया प्रसांई, सुबास पौडेल, सन्दिपबावु पौडेल, ऋषि रामपौडेल, रुद्र नाथपोखरेल र अमृत गिरी निर्वाचि भएको महासचिव अरुण राउतले जानकारी दिए ।

संघको वार्षिक साधारणसभा तथा निर्वाचन गत शनिवार काठमाडौंमा भएको थियो ।

नेपाली चार्टर्ड एकाउण्टेण्टस्हरुको हकहित संरक्षणको उद्देश्यले २०३४ सालमा स्थपित एउटा गैर नाफा मुलक संस्था हो । यस संस्थाले सदस्यहरुको सामूहित हितको अतिरिक्त देशमा विद्यामान विभिन्न आर्थिक, सामाजिक, लेखा तथा कर सँग सम्बन्धित विषय तथा समस्याहरुको पहिचान, अनुसन्धान गर्ने र समाधानका लागि सुझावहरु सरकार तथा विभिन्न निकायहरुमा पेश गर्ने कार्य गदै आइरहेको छ ।

Share News