घरेलु महासंघले भन्याे–निर्यात व्यापार बढाउन युवालाई रोजगार देउ

<p>काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्घि र विकासको तिब्र चाहना मुखरित हुन थालेको बताए । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा  महासंघको प्रतिनिधि मण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी उद्योगहरुको विकास गर्न पर्नेमा जोड दिएका [&hellip;]</p>

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक समृद्घि र विकासको तिब्र चाहना मुखरित हुन थालेको बताए । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा  महासंघको प्रतिनिधि मण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी उद्योगहरुको विकास गर्न पर्नेमा जोड दिएका थिए ।

आर्थिक सम्बृद्धि र विकासको मुख्य चुनौती निर्यात ब्यापार असन्तुलन भएको भन्दै उनले निर्यात बढाउन युवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव समक्ष राखेका थिए । उनको अनुसार मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क छ । यद्यपि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै उनले आम जनमानसमा यस्ता उद्योगहरु पहिचानमा नरहेको, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नससकेको समस्या अवगत गराएका थिए ।

त्यस्तै महासँघका पदाधिकारीहरले लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत कृषि र गैह् काष्ठजन्य वन उपज भएको हुदा सरकारी तथा सार्वजनिक जग्गामा संचालित अल्पकालिन कृषि बजारहरुलाई व्यवसायीक ढंगले अघि बढाउन मन्त्रालयले पहल गर्न पर्ने जाेड दिएका थिए ।

सो आवसरमा उद्योगमन्त्री यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने प्रतिवद्धता जनाए । यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि काम गर्ने जानकारी गराएका थिए ।

Share News