१४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता, ५७ प्रतिशत हिस्सा चीनको मात्रै

<p>काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चिनियाँ लगानीकर्ताहरुले ८ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता व्यक्त गरेका छन् [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत लगानी प्रतिवद्धता आएको देखिन्छ ।

उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा चिनियाँ लगानीकर्ताहरुले ८ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता व्यक्त गरेका छन् । चीनले ६० वटा आयोजना सञ्चालन गर्नको लागि उक्त रकम खर्चिन लागेको हो ।

त्यसपछिको ठूलो लगानी प्रतिवद्धता भारतको रहेको छ । चालु आर्थिक वर्ष ०७४/७५ को गएको सात महिनाको अवधिमा भारतले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको २९ वटा परियोजना सञ्चालन गर्ने भएको छ ।

गएको सात महिनाको अवधिमा स्वदेशी र विदेशी लगानीबाट १७६ वटा आयोजना सञ्चालनको लागि १६ अर्ब ८४ करोड रुपैयाँ लागानी गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागको भनाइ छ । जसमा २ अर्ब ६९ करोड रुपैयाँ मात्रै स्वदेशी लगानी रहेको छ । सञ्चालन हुने उक्त आयोजनाको माध्यमबाट ६ हजार ९७२ जनाले मुलुकमा प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले विगतका वर्षहरुमा भारतको लगानी बढी रहेतापनि हाल आएर चीनको लगानी बढीरहेको बताए । दुवै देशले नेपालमा विगतकाभन्दा ठूला आयोजनाहरु सञ्चानल गर्ने प्रतिवद्धता जनाइरहेको उनको भनाइ छ ।

विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले पनि पछिल्लो समय मुलुकमा स्थिर सरकारको बन्ने भएसँगै नेपालका छिमेकी मुलुक भारत र चीनले ठूला–ठूला आयोजना ल्याएको जानकारी दिए । ‘गएका वर्षको सोही अवधिमाभन्दा वैदेशिक लगानीको प्रतिवद्धता बढेको छ,’ उनले भने, ‘अहिले उर्जा, कृषि, सूचना प्रशारण संचार प्रविधि, उत्पादन मुलक, खनिजको क्षेत्रमा लागानी बढेको छ ।’ यद्यपि सात महिनाको अबधिमा सेवा तथा पर्यटन क्षेत्रको लगानी भने केही मात्रामा खस्केको उनको भनाइ छ ।

विभागको अनुसार हालसम्म मुलुकमा ४ हजार ४४ वटा आयोजनाको लागि २ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ७०८ वटा आयोजनमार्फत भारतले ८६ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्नेे प्रतिबद्धता जनाएको छ भने चीनले १ हजार २२१ वटा आयोजनामार्फत ४२ अर्ब ९५ करोड रुपैयाँको प्रतिबद्धता गरेको छ ।

Share News