काठमाडौं । अकूत सम्पत्ति कमाएको आरोपमा मुद्दा लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाख रुपैयाँको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख ंरुपैयाँ धरौटी मागेको थियो । शर्माले नेपाल इन्भेस्टमेन्ट बैंकको ग्यारेन्टीमा धरौटी बुझाएर जेलमुत्त भएका हुन् ।
४ करोड २९ लाख सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियार ुदुरुपयोग अनुसन्धान आयोगले गत माघ १५ गते शर्माविरुद्ध विशेष अदालतमा मुा हालेको थियो ।शर्माविरुद्ध कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे पनि मुद्दा विचाराधीन छ । उनले साढे २० लाख कर छुट दिएर मुलुकलाई नोक्सान पुर्याएको आरोप अख्तियारले लगाएको छ ।