काठमाडौं । नेपालमा ७ जनाको हत्या गरी फरार रहेका सकिल हुसेन कतारबाट पक्राउ परेका छन् । हुसेनलाई रेड कर्नर नोटिसको आधारमा इन्टरपोल प्रहरी कतारले पक्राउ गरेको हो ।
हुसेनमाथी सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साहको हत्या गरी फरार रहेको आरोप लागेको छ ।
यसअघि उनीमाथी ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी गरिएको थियो ।
हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटि आएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो । प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो ।
अब हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।