४० अर्ब मास्ने राष्ट्र बैंकको योजनामाथी अख्तियारको अंकुश, अघि बढ्यो छानबिन

<p>काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र घर मर्मतका लागि ४५ लाख रुपैंयाँ निर्ब्याजी उपलब्ध गराउने निर्णय गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही [&hellip;]</p>

काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र घर मर्मतका लागि ४५ लाख रुपैंयाँ निर्ब्याजी उपलब्ध गराउने निर्णय गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानविन प्रक्रिया अघि बढाएको हो ।


अख्तियारले सो सम्बन्धमा आफ्नो राय प्रतिक्रिया मागेर अर्थमन्त्रालयलाई पत्राचार समेत गरेको छ । आयोगले अर्थमन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखालाई पत्र लेखेर आवश्यक छानविन गरि राय प्रक्रिया तत्काल पठाउन भनेको छ । श्रोतका अनुसार राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा गठन गरेको कर्मचारको सेवा सुबिधा पुनरावलोकन समितिले सो प्रस्ताव सञ्चालक समितिमा पेश गरेको छ । तर निर्णय भने भैसकेको छैन् ।

‘सञ्चालक समितिले निर्णय नै गरिसकेको चाँही होइन तर रामजी रेग्मी नेतृत्वको समितिले त्यस्तो प्रस्ताव तयार पारेर सञ्चालक समितिमा पेश गरेको छ’, राष्ट्र बैंक श्रोतले भन्यो । रेग्मी नेतृत्वको समितिले १८ प्रतिशत भत्ता र ४५ लाख निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिवेदन पेश गर्दा कर्मचारीबाट पैसा असुलेको आरोप पनि उजुरीमा लगाइएको छ । आयोगले सो सम्बन्धमा पनि छानविन गरि पठाउन मन्त्रालयलाई भनेको छ ।

Share News