स्वदेशी उद्योग बचाउन अमेरिकाले लगायो २५ प्रतिशत भन्सार, यूरोप, चीन र रूसी उत्पादकलाई ठूलो धक्का

<p>काठमाडौं । अमेरिकाले स्टील र आल्मुनियम धातुको आयातमा २५ प्रतिशतसम्म कर लगाउने भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन् । ट्रम्पले आगामी साता आफूले स्टिलका उत्पादनमा २५ प्रतिशत र आलमुमिनियमका सामाग्रीमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पको कर बढाउन नीतिले चीन, युरोपेली [&hellip;]</p>

काठमाडौं । अमेरिकाले स्टील र आल्मुनियम धातुको आयातमा २५ प्रतिशतसम्म कर लगाउने भएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन् ।

ट्रम्पले आगामी साता आफूले स्टिलका उत्पादनमा २५ प्रतिशत र आलमुमिनियमका सामाग्रीमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पको कर बढाउन नीतिले चीन, युरोपेली संघ, रुस र मेक्सिकोलगायत अन्य निर्यातकर्ता मुलुकलाई असर पर्ने बीबीसीले जानकारी दिएको छ ।

ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीसंगको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताएको बीबीसीले जनाएको छ । दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्युमिनियम उद्योगहरुलाई फेरि पुनर्स्थापित गरिने राष्ट्रपतिले बताएका छन् ।

प्रमुख व्यापारिक साझेदारहरूले स्टील र एलुमिनियम धातुको आयातमा कर लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति क्रुद्ध बनेका छन् । यता युरोपेली संघ(इयु) र क्यानडाले आफूहरूले पनि जवाफी कदमहरू चाल्ने भन्दै अमेरिकामाथि दवाव सिर्जन गरेका छन् ।

युरोपेली आयोगका अध्यक्ष जाँ कल्ड युंकरले अमेरिकी कदमले हजारौं युरोपेलीहरूको रोजगारीलाई जोखिममा पार्ने बताएका छन् । उनले इयु त्यसै चुप लागेर नबस्ने पनि प्रतिक्रिया समेत दिएका छन् ।मेक्सिको र चीनले पनि प्रत्युत्तरमा चाल्ने कदमबारे सोचिरहेको बताएका छन् ।

आलोचकहरूले थप कर लगाउने निर्णयले अमेरिकी रोजगारीलाई संरक्षण गर्न नसक्ने र अन्ततस् उपभोक्ताहरूले नै त्यसको मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले स्टील र एलुमिनियमको आयातमा करहरू लगाउने घोषणा गर्ने क्रममा अमेरिकी उद्योगहरू धराशायी भएको र त्यसका लागि अरू देशहरू र विगतका सरकारहरू जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।

उनले कर लगाइएपछि अमेरिकी स्टील र एलुमिनियम क्षेत्रमा धेरै सकारात्मक प्रभावहरू देखिने पनि दावी समेत गरे । यसअघि अमेरिकी वाणिज्य मन्त्रालयले उक्त कदम चाल्न सिफारिस गर्दै धातुहरूको आयात अमेरिकी राष्ट्रिय स्वार्थ विपरित भएको र त्यसले देशभित्र रहेका धातु उद्योगहरूको क्षमता कमजोर बनाइरहेको बताएको थियो ।

Share News