डेढ महिनामा अमेरिकी डलर ३ रुपैयाँ महंगियो, राष्ट्र बैंकले तोक्यो १ डलर बराबर १०४.६०

<p>काठमाडौं । डेढ महिनायता अमेरिकी डलर पुनः मजवुत भएको छ । डलर मजवुत भएर १ डलर बराबर १०४ रुपैयाँ ६० पैसाँ पुगेको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । &nbsp; &nbsp; डेढ महिनामा नेपाली रुपैयाँ डलरसंग ३ [&hellip;]</p>

काठमाडौं । डेढ महिनायता अमेरिकी डलर पुनः मजवुत भएको छ । डलर मजवुत भएर १ डलर बराबर १०४ रुपैयाँ ६० पैसाँ पुगेको छ ।
गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो ।

 

 

डेढ महिनामा नेपाली रुपैयाँ डलरसंग ३ रुपैयाँ ८ पैसा कमजोर भएको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर १०४ रुपैयाँ ६० पैसा बिक्री मूल्य तोकेको छ । माघयता डलर कमजोर हुन थालेको हो ।

गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैैंकले जनाएको छ । गत पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसामा झरेको थियो । गत असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ थियो ।

भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भारुको अवमूल्यन भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।

रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६५ रुपैयाँ १० पैसा भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो ।

डलर कमजोर हुँदाका फाइदा

डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो ।

यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो ।

डलर कमजोर हुदाका वेफाइदा

आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ ।
निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।

Share News