काठमाडौं । काठमाडौं महानगरपालिका र म्याड्रिड महानगरबीच भगिनी सम्बन्ध कायम भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र म्याड्रिड सिटी काउन्सिलका उपप्रमुख लुइस क्यूटोले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् । म्याड्रिड काठमाडौंको भगिनी सम्बन्ध भएका शहरहरुमध्ये १५ औं शहर हो ।
समझ्दारी पत्रमा उल्लेख भए अनुसार खेलकुद, प्रर्यटन प्रवर्धन, सूचना तथा सञ्चार प्रविधि तथा ज्ञानको आदान प्रदान क्षेत्रमा सहकार्य हुनेछ । दुई शहरबिचको यस सम्बन्धले दुई देशका नागरिकहरु मात्र नभई दुई देशबिचको सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने आयोजकले विस्वास लिएको छ ।