काठमाडौं । यातायात व्यवस्था कार्यालयमा कार्यरत नायब सुब्बा लेखनाथ भुसाल ३२ हजार घुष रकम सहित पक्राउ परेको छ । गोप्य सूचनाको आधारमा अख्तियारको टोलले भुसाललाई पक्राउ गरेको हो ।
भुसालले सवारी चालक अनुमति पत्र बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
त्यसैगरी औषधि ब्यवस्था विभाग, कार्यालय बाँकेमा कार्यरत फार्मेसी निरीक्षक पुष्प राना क्षेत्री पनि २८ हजार घुस लिदाँलिदै पक्राउ परेकी छिन् । मेडिकल सेन्टर अनुगमनको क्रममा विभन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिइ गएको टोलीले रानालाई पक्राउ गरिएको हो । भुसाल र रानामाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।