छहरे-विदुर सडक योजनाले १६२ जनालाई मुआब्जा वितरण गर्ने

<p>काठमाडौं । सडक सुधार तथा विकास योजना अन्तर्गत बालाजु–त्रिशुली, छहरे–विदुर सडक आयोजनाले १६२ जनालाई मुआब्जा वितरण गर्ने भएको छ । सडक खण्ड विस्तारको क्रममा घर टहराहरु अधिकरण गर्नु पर्ने भएकले मुआब्जा वितरण गर्न लागिएको हो । आयोजनाको अनुसार जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ को उपलफा १ अनुसार मुआब्जा वितरण गर्न लागिएको हो । [&hellip;]</p>

काठमाडौं । सडक सुधार तथा विकास योजना अन्तर्गत बालाजु–त्रिशुली, छहरे–विदुर सडक आयोजनाले १६२ जनालाई मुआब्जा वितरण गर्ने भएको छ । सडक खण्ड विस्तारको क्रममा घर टहराहरु अधिकरण गर्नु पर्ने भएकले मुआब्जा वितरण गर्न लागिएको हो ।


आयोजनाको अनुसार जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ को उपलफा १ अनुसार मुआब्जा वितरण गर्न लागिएको हो । मुआब्जाको वितरण नियम अनुसार गरिेने र प्रक्रिया पुरा भई तोकिएको रकम बैंकबाट वितरण गरिने आयोजनाका प्रविधिक हरिहर न्यौपानेले बताए ।

मुआब्जा लिनको लागि जग्गाधनीले जग्गाको सक्कल लालपुर्जाको फोटोकपी र अन्य आवश्यक कागजात सहित आयोजनाको कार्यलयमा सम्पर्क गर्नु पर्ने छ ।

Share News