विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने २ लाख थान पंखा हटाउदै, नयाँ उपकरणका लागि प्रक्रिया सुरु

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा र पानीतान्ने पम्प प्रतिस्थापन गर्ने भएको छ । प्राधिकरणले ऊर्जा दक्षता बढाइ माग व्यवस्थापन गर्ने नीतिअनुसार ग्राहकको घर र कार्यालयमा कम बिजुली खपत गर्ने सिलिङ पंखा र पानी तान्ने पम्प जडान गर्न लागेको हो । प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पम्प खरिदका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने पंखा र पानीतान्ने पम्प प्रतिस्थापन गर्ने भएको छ । प्राधिकरणले ऊर्जा दक्षता बढाइ माग व्यवस्थापन गर्ने नीतिअनुसार ग्राहकको घर र कार्यालयमा कम बिजुली खपत गर्ने सिलिङ पंखा र पानी तान्ने पम्प जडान गर्न लागेको हो ।

प्राधिकरणले कम ऊर्जा खपत गर्ने पंखा र पम्प खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले कम बिजुली खपत गर्ने पंखा र पानी तान्ने उपकरण बिक्रीका लागि निजी व्यवसायीबाट प्रस्ताव आब्हान गरेको छ । यस्ता उपकरणका लागि प्राधिकरणले डिजाइन गरी वितरण केन्द्र समेत तोक्ने भएको छ ।

बोलपत्र पेश गर्ने अन्तिम दिन चैत १५ गतेलाई तोकेको छ विद्युत प्राधिकरणले पंखा र पानी तान्ने पम्म बिक्री वितरणका लागि देशभर बेग्लै बिक्री केन्द्रको व्यवस्था गरिदिने भएको छ । प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय एमएम साइजको २ लाख थान सिलिङ पंखा र २ एचपी रेटिङ भएको १ हजार थान पानीतान्ने पम्प वितरण गर्ने योजना रहेको जानकारी दिएको छ ।

उर्जा दक्षता योजनाअन्र्तगत प्राधिरकणले देशभर रहेका बढी बिजुली खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा विस्थापन गरी कम ऊर्जा खपत गर्ने पंखा जडानको तयारी गरेको हो । १८ लाख २८ हजार १६ ग्राहसंग औसत ३ वटा पंखा भएको अनुमान गरिएको छ ।

हाल सञ्चालनमा रहेका अधिकाँश पंखाले ८० वाटका छन् । विस्थापनपछि ४० वाटको पंखा जडान गर्ने तयारी प्राधिकरणको छ । पंखा बढीमा ६ महिनासम्म सञ्चालनमा हने गरेको छ । गर्मिका बेला तराईमा बढी पंखा चल्ने गरेको छ ।

पंखा विस्थापन गरेपछि साँझमा बिजुलीको माग ९पिक लोड० २०६ मेगावाट कमी आउने अनुमान प्राधिकरणको छ ।योजना तथा प्राविधिक सेवा विभागका निर्देशक बज्रभुषण चौद्यरीले बताए । पंखाबाट मात्र ६ महिनामा साढे ६७ करोड युनिट बिजुली बचत हुने उनले जानकारी दिए । उनका अनुसार ऊर्जा दक्षता भएको पंखा जडान भएपछि ६ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ वार्षिक वचत हुने अनुमान गरिएको चौधरीको भनाई छ ।

पंखा प्रतिस्थापनबाट २०६ मेगावाटको पिकिङ जलविद्युत आयोजना बनाउन सक्ने अनुमान गरिएको छ । दक्ष र स्मार्ट पंखा र एयर कण्डिसन र ऊर्जा दक्षता भएको मोटर चलाउन व्यापक प्रचारप्रसार गर्ने तयारी प्राधिकरणको छ । यसका लागि प्राधिकरणले वितरण प्रणालीमा इलेक्ट्रिक मिटरिङ सिस्टम र स्मार्ट मिटेरिङ प्रयोग कार्यक्रम लागु गर्ने भएको छ ।

यस्तै यो योजनाअन्र्तगत विद्युत प्राधिरकरणले विद्युत खपत कम गर्ने र ऊर्जाको वचत गर्नका लागि ठुलो २ करोड थान एलईडी चिम ल्याउने भने पनि विवादित बनेपछि आयात रद्ध भएको छ ।

 

Share News