मनमोहन मेमोरियल इन्ष्टिच्युटको ११ औं वार्षिक उत्सव सम्पन्न

<p>काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजले ११ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको प्रमुख आतित्थयतामा वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डाक्टर राजेन्द्र शर्मा गुरागाई विषेस अतिथी रहेका थिए । कलेजले फागुन ८ गतेलाई वार्षिक उत्सव रुपमा मनाउँदै आएको छ । [&hellip;]</p>

काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजले ११ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । कलेजले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको प्रमुख आतित्थयतामा वार्षिक उत्सव सम्पन्न गरेको हो ।

कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डाक्टर राजेन्द्र शर्मा गुरागाई विषेस अतिथी रहेका थिए । कलेजले फागुन ८ गतेलाई वार्षिक उत्सव रुपमा मनाउँदै आएको छ । कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषद संचालित प्रविणता तह नसि‚सामान्य चिकित्सा लगायत विषयमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरेकाे थियाे ।

यसअघि शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा ब्यवसयिक तालिम परिषदबाट यस बर्षको सम्वन्धन प्राप्त कलेजहरु मध्ये उत्कृष्ट कलेज रुपमा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज पुरस्कृत भएको थियो ।

Share News