राजश्व तिर्न र भुक्तानी लिन जानुपर्ने वाध्यता सकियो, अब घरमै बसेर तिर्न र लिन सकिने

<p>काठमाडौं । के तपाईं सरकारलाई कर तिर्न चेक बोकेर बैंक धाइरहनु भएको छ ? सरकार भुक्तानी लिन सरकारी कार्यालय गइरहनु भएको छ ? अब चिन्ता नलिनुस्, विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ भुक्तानी दिन र लिन सकिने भएको छ । सरकारले आउँदो वैशाख १ गतेदेखि राजश्व संकलन र भुक्तानी विद्युतीय ई [&hellip;]</p>

काठमाडौं । के तपाईं सरकारलाई कर तिर्न चेक बोकेर बैंक धाइरहनु भएको छ ? सरकार भुक्तानी लिन सरकारी कार्यालय गइरहनु भएको छ ? अब चिन्ता नलिनुस्, विद्युतीय प्रणालीबाट (इलोक्ट्रोनिक पेमेन्ट सिष्टम) बैंक नै नगई चेक नलिइ भुक्तानी दिन र लिन सकिने भएको छ ।

सरकारले आउँदो वैशाख १ गतेदेखि राजश्व संकलन र भुक्तानी विद्युतीय ई पेमेन्टमार्फत गर्ने भएको छ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबाट गरिने भुक्तानी र राजश्व संकलन विद्युतीय प्रणालीबाट हुने निर्णयमा हस्ताक्षर गरेका छन् ।

आउँदो वैशाखदेखि सरकारलाई राजश्व तिर्न र सरकारबाट भुक्तानी गर्न भौतिक रुपमा बैंकमा उपस्थित हुनु नपर्ने अर्थ मन्त्रालयका प्रवत्ता तथा सहसचिव अर्जुनप्रसाद पोखरेलले बताए ।
मन्त्रीस्तरिय निर्णय आगामी ०७५ सालदेखि लागु हुने उनले जानकारी दिए । पोखरेलका अनुसार करदाताले आफनो कम्प्युटर, ल्यापटप र मोवाइलबाट सिधै सरकारलाई राजश्व भुक्तानी गर्न सक्ने छन् । यस्तै सरकारी कार्यालयबाट भुक्तानी लिनका लागि बैंकको खाता नम्बर दिएपछि सम्बन्धित कार्यालयबाट सिधै भुक्तानी आदेश भई सम्बन्धित कार्यालयको खातामा रकम जम्मा हुने छ ।
यो व्यवस्था लागु भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई समयको पनि वचत हुने छ । “अब चेक लिएर वा बैंकमा गएर वित्तीय कारोबार गर्नुपर्दैन” उनले भने “आफनो क्रेडिट कार्ड, डेविट कार्ड भए पीएसओ मेसिनमार्फत भुक्तानी गर्न सकिने छ ।” विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलोट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत चिप्स वा डेविट कार्डमार्फत पिएसओ मेशिनमा गएर पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

Share News