काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सिरियामा बढ्दै गएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
मंगलबार रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजित एक कार्यक्रममा नेता नेपालले सबै मानिसको समान बाँच्ने हक भएकाले जुनसुकै पक्षबाट भएपनि यस्ता कार्यहरुको अन्त्य हुनुपर्नेमा जोड दिए ।
नेपाल विभिन्न फुलको एउटै माला भएकोले जातिया भावना नभई नेपाली भावनाबाट अघि बढ्नु पर्ने बताए । स्ववियूद्धारा आयोजित फागुन ८ देखि सुरु भएको रचनात्मक सप्ताह आज सकिएको छ ।