काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय आफनो प्रमुख दायित्व भएको बताएका छन् ।

मन्त्रालयमा पदभार ग्रहणपछि अर्थमन्त्री खतिवडाले सरकारको भावी योजना सार्वजनिक गर्दे वामापन्थी गठवन्धनको चुनावी घोषणापत्र कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन् ।
संविधानमा उल्लेखित निर्देशित सिद्धान्तमा रहेर योजना कार्यान्वनमा ल्याउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । उनले आर्थिक विकासका लागि ५ बुदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
यस्ता छन वामपन्थी गठवन्धनका योजना
वामपन्थी गठवन्धनले आगामी २५ वर्ष्भित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् ।
यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ ।
युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ ।
यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्ष्भित्र सेवा उपलब्ध गराउने, ३ वर्ष्भित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ ।
काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ ।
संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।